Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने

सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने


  • 2.6K
    Shares

    सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने
    images

    सुहाना थापाको मुख्य भूमिकामा फिल्म ‘भगवत् गीता’ बन्ने घोषणा भएको छ। शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा युट्युबमार्फत फिल्मको टाइटल घोषणासँगै प्रदर्शन मिति तय गरिएको हो।

    झरना थापाले निर्देशन गर्न लागेको यो फिल्म आगामी नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुनेछ। सुहानाले ‘ए मेरो हजुर ४’ पछि होमप्रोडक्सन प्रोजेक्टमा काम गर्न लागेकी हुन्।

    सुहाना इन्टरटेनमेन्टबाट सार्वजनिक भएको फिल्मको टाइटल घोषणा टिजरमा सुहाना फिचर्ड छिन्। भिडियोमा रामजानकी मन्दिरपरिसरमा सुहानालाई दौडिरहेको देख्न सकिन्छ। जहाँ उनको उत्साहित र भावुक लुक देखाएको छ। दृश्यको पृष्टभूमिबाट मैथिली गीत समेत सुन्न सकिन्छ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अन्य कलाकारहरू भने खुलाइएको छैन।

    प्रकाशित मिति :भाद्र ३ २०७९ शुक्रवार - ११:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij