Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

कोरोनाको इपिसेन्टर वुहानमा फेरि लकडाउन

कोरोनाको इपिसेन्टर वुहानमा फेरि लकडाउन


  • 2.6K
    Shares

    कोरोनाको इपिसेन्टर वुहानमा फेरि लकडाउन
    images

    कोरोना भाइरसको उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि वुहान फेरि लकडाउन घोषणा गरिएको हो । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि वुहानमा तीन दिनका लागि लकडाउन गरिएको हो । चीनको वुहानबाटै कोरोना संक्रमण शुरू भएर विश्वव्यापी महामारीको रूप लिएको थियो ।

    बीबीसीका अनुसार वुहानको जियाङसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको हो । 

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - ०९:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij