२०८२ भाद्र २४ गते मंगलवार
धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ) सहितका अन्यले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको 'हाइकिङ गीत' गीत सार्वजनिक गरिएको हो।
गीतको रचना राजीव हलुवाइले गरेका हुन्। उनी पदयात्राका अभियन्ता पनि हुन्।
उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्। गीतमा सङ्गीत मनोज मोतेले भरेका छन्।
धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो पनि बनाइएको छ।
यस्तो छ गीतको भिडियो:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij