Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अस्ट्रेलियामा एकैदिन थपिए ५० हजार कोरोना संक्रमित, मास्क लगाउन प्रधानमन्त्रीको आग्रह

अस्ट्रेलियामा एकैदिन थपिए ५० हजार कोरोना संक्रमित, मास्क लगाउन प्रधानमन्त्रीको आग्रह


  • 2.5K
    Shares

    अस्ट्रेलियामा एकैदिन थपिए ५० हजार कोरोना संक्रमित, मास्क लगाउन प्रधानमन्त्रीको आग्रह
    images

    अस्ट्रेलियामा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन्।

    आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन्।

    देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानीव्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए। उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे।

    मङ्गलबार अपराह्नसम्मको विवरणअनुसार अठासी लाख ५० हजार तीनसय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन्भने दश हजार सातसय ९४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सातसय ५६ पुगेको छ। पाँचलाख नागरिकले कोभिड–१९विरुद्धको चौथो खोप लगाइसकेका छन्।

    वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियाली मेडिकल एसोसिएसन एएमएले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन्। रासस

    प्रकाशित मिति :श्रावण ४ २०७९ बुधवार - १६:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij