Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

कोभिड सङ्क्रमित: मलेसियामा एकैदिन २ हजार ३ सयभन्दा बढीमा कोरोना पुष्टि

कोभिड सङ्क्रमित: मलेसियामा एकैदिन २ हजार ३ सयभन्दा बढीमा कोरोना पुष्टि


  • 2.4K
    Shares

    कोभिड सङ्क्रमित: मलेसियामा एकैदिन २ हजार ३ सयभन्दा बढीमा कोरोना पुष्टि
    images

    मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यसैसँगै कोरोना सुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

    त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ। मङ्गलबाार कोरोना सङ्क्रमणको कारण तीन जनाको मृत्युभएको छ।

    कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन्।

    कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ।

    प्रकाशित मिति :आषाढ २९ २०७९ बुधवार - १२:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij