२०८२ फाल्गुण २२ गते शुक्रवार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ।
शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। सिन्जो आवेमाथि पछाडिबाट गोली प्रहार अन्तर्राष्ट्रिय समाचार माध्यममा उल्लेख छ।
उनीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ। आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन्।
जापानमा आगामी आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदै छ। त्यही चुनावको प्रचारका क्रममा पूर्वप्रधानमन्त्री आबे नारा सहरमा आयोजित सभामा भाषण गरिरहेका थिए।
आक्रमणपछि घटनास्थलका केही भिडिओ पनि भाइरल भएका छन्।
https://twitter.com/BNONews/status/1545243636597751808?cxt=HHwWgIC8rdC55_EqAAAA
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij