२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारतको कर्नाटकस्थित केरुरमा दुई समुदायबिच झडप हुँदा तीनजना घाइते भएका छन्। बुधवार साँझ दुई समूहबिच हिंसात्मक झडप भएको थियो।
झडपपछि आक्रोशित युवाहरुले शहरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि प्रशासनले त्यहाँ ‘सेक्सन १४४’ लागू गरेको हो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। उनीहरुसँग सोधपुछ भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij