Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

‘श्री माग्ने राजा’ दर्ता गराएका दीपक–दीपा अझै दोधारमा

‘श्री माग्ने राजा’ दर्ता गराएका दीपक–दीपा अझै दोधारमा


  • 4.3K
    Shares

    ‘श्री माग्ने राजा’ दर्ता गराएका दीपक–दीपा अझै दोधारमा
    images

    दीपकराज गिरी र दीपाश्री निरौला नयाँ चलचित्र निर्माणको वर्कआउटमा थिए। दुई फिल्मको स्क्रिप्टमा काम गरिरहेका दीपक–दीपाले ‘श्री माग्ने राजा’ दर्ता गराएका छन्।

    शीर्षक दर्ता गराएसँगै यो चलचित्र औपचारिक रुपमा अघि बढेको छ। चलचित्र विकास बोर्डमा शीर्षक दर्ताका क्रममा फिल्ममा दीपक–दीपासँगै कलाकारमा निर्मल शर्माको नाम पनि समावेश गरिएको छ। आमा सरस्वती मुभिजले निर्माण गर्ने फिल्मको लगानी डेढ करोड रुपैयाँ रहेको पनि उल्लेख गरिएको छ।

    ‘श्री माग्ने राजा’सँगै दीपक–दीपाले ‘छक्का पञ्जा - ४’ पनि बोर्डमा दर्ता गराएका छन्। त्यसैले कुन फिल्म पहिला बनाउने भन्ने कुरामा दीपक–दीपा अझै दोधारमा छन्।

    दीपक भन्छन ‘दुबै फिल्म दर्ता भैसकेको छ तर कुन फिल्म पहिला सुटिङमा जान्छ भन्ने कुरा निर्णय भैसकेको छैन। हामी स्क्रिप्टलाई पूर्णता दिने प्रयासमा छौं। सुटिङमा जानुअघि टाइटल टुंगो लाग्दैन।’

    दीपक–दीपाले आफ्नो नाममा ‘छोडपत्र’ नामको फिल्म पनि दर्ता गराएका छन्। यो फिल्म भने उनीहरुले निर्माता रोहित अधिकारीसँग मिलेर निर्माण गर्ने छन्।

    प्रकाशित मिति :आषाढ २१ २०७९ मंगलवार - ०९:४५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij