२०८२ फाल्गुण २२ गते शुक्रवार
भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमवार बिहान उक्त बस दुर्घटनामा परेको हो। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।
उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको आजतकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij