Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

संसारकै धनी एलन मस्ककी छोरीको आफ्ना बुवाबाट अलग हुन दिइन् निवेदन

संसारकै धनी एलन मस्ककी छोरीको आफ्ना बुवाबाट अलग हुन दिइन् निवेदन


  • 2.7K
    Shares

    संसारकै धनी एलन मस्ककी छोरीको आफ्ना बुवाबाट अलग हुन दिइन् निवेदन
    images

    संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट अलग हुन निवेदन दिएकी छन् । अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन् ।

    उनले आफ्नो लैंगिक पहिचान, नाम/थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन् । एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले यस्तो निवेदन दिएकी हुन्। १८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्। विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन् । 

    सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए । सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् । एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन् । तिनै पाँचमध्ये जेभियर एक हुन् । 

    अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस-एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन् । उनको सम्पत्ति करिब दुई खर्ब १४ अर्ब डलर छ ।

    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १५:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij