Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया

स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया


  • 4.0K
    Shares

    • images
    स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया
    images

    स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आवेदन खुलेको छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार आइतबारदेखि अवार्डका लागि आवेदन खुला गरिएको हो।

    अवार्डका लागि आवेदन दिने मिति असार २० गतेसम्म रहेको छ। छनोट कमिटिको शुक्रबार बसेको बैठकले आइतबारदेखि असार २० गते सोमबार साँझ ५ बजेसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो। 

    स्वास्थ्य खबरपत्रिका ११ वर्ष पुगेर १२ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्या उने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्न लागिएको हो। पत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन। 

    यस वर्ष कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिए रहेका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ। स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको हेल्थ अवार्ड यो वर्ष भदौमा हुने छ। 

    यी हुन् अवार्ड प्रदान गरिने विधाहरु
    १.    चिकित्सक
    २.    नर्स
    ३.    जनस्वास्थ्यकर्मी
    ४.    स्वास्थ्यकर्मी
    ५.    स्वास्थ्य संस्था
    ६.    प्रयोगशालाकर्मी
    ७.    महिला स्वास्थ्य स्वयंसेविका
    ८.    शव व्यवस्थापनमा खटिने व्यक्ति तथा संस्था

    यस्तो छ प्रक्रिया
    अवार्डका लागि इच्छुक व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। स्वास्थ्यखबरको healthnewspaper@gmail.com मा इमेल गर्नुपर्ने हुन्छ। अवार्डका लागि व्यक्ति वा संस्थाले आफैं वा अन्य व्यक्तिले समेत आवेदन दिन सक्नेछन्।

    यसरी आवेदन दिँदा नाम, पद, कार्यरत संस्था, सेवा अवधि लगायतका व्यक्तिगत विवरण (सिभी), कोभिड महामारीमा गरेका कामको विवरण खुलाएर पठाउनु पर्छ। 

    यसरी आएका विवरणहरुलाई छनोट कमिटिले संकलन गरेर अवार्डका लागि बनाइएको मापदण्डका आधारमा नम्बर दिँदै कोभिड च्याम्पियन छनोट गर्नेछन्।

    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - १४:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij