Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड वितरण, कसले के पाए ?

तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड वितरण, कसले के पाए ?


  • 3.7K
    Shares

    तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड वितरण, कसले के पाए ?
    images

    गीत संगीततर्फ ४१ र फेसनतर्फ ८ गरेर ४९ विधामा विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड तेश्रो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२’ वितरण गरिएको छ ।

    राजधानीमा आयोजित एक समारोहबीच बितरण गरिएको अवार्ड समारोहमा गायक यश कुमारले ‘तिम्रो मन बदलिएछ’ बाट सर्वोत्कृष्ट अवार्ड हात पार्दै गायिका कमला रिसालले ‘आमाको काखै प्यारो’ गीतबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गरिन् ।

    कार्यक्रममा बी पाण्डेले उत्कृष्ट गीतकार, अन्जु पन्त वर्षको पपुलर गायिका, निशा अर्याल महिला गीतकार, सुनिल राईले उत्कृष्ट संगीतकार, मोडल तथा महला रमेश थापा र प्रतीक्षा काफ्ले, भिडियो निर्देशक केशबराज भट्ट,, कोरियोग्राफर सन्दीप भुजेल र भिडियो निर्देशक नै डायस्पोराको अवार्ड प्रभु गुरुङले हात परे ।

    अस्मिता अधिकारीले वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड अभिनेता निश्चल बस्नेत र अभिनेत्री मल्लिका लोकप्रिय युगल मोडल र सविन श्रेष्ठ र अनु शाहले सर्वोत्कृष्ट युगल मोडलको अवार्ड हात परे ।  राष्ट्रिय गीत भने सानु बाबु महर्जन, सुवर्णकुमार श्रेष्ठ अवार्ड प्राप्त गर्दा लोक गीततर्फ अलिफ खान, सागर लम्साल (बले), सृष्टि खड्का, उमेश गुरुङ, जोगेन्द्र केसीले प्राप्त गरे ।

    यस्तै लोकदोहोरी विधातर्फ कृष्ण कँडेल, चन्दा अर्याल, सुरेश अधिकारी, कृष्ण सापकोटा, जीतबहादुर रावत, साया भण्डारीले, राजकुमार मगर, निरेन श्रेष्ठ, दीपेन्द्र तिमल्सिना, सुवास बुढाथोकीले अवार्ड लिए । यस्तै पपतर्फ अंकित श्रेष्ठ, चिरञ्जिवी भण्डारी, नविन पौडल, बेनिशा पौडल, सरोज प्याकुरेल, प्रतिमा गुरुङ, प्रकाश श्रेष्ठले, रन्जित सिन्जाली मगर, मेलिन गुरुङ, साक्षी लम्साल, लक्षु गौतमले, कृष्ण रसाल, विकाश विश्वकर्मा, राजशुक्र लिम्बु, राजेन्द्र शर्मा, उत्तम मानन्धर, जुगल डंगोल, सानुबाबु महर्जनले पाए ।

    वरिष्ठ गायक सिताराम पोखरेल, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, गीतकार डब्बु क्षत्री र ध्वानी सम्पादक मनोज परियार अवार्डको जुरीमा थिए । यस्तै फेशनतर्फ पेजेन्ट कोरियोग्राफरको अवार्ड अश्विनी कान्त झाले, बेस्ट मेकअप आर्टिस्ट (मेल) अवार्ड टेकराज पान्डेले, मेकअप आर्टिस्ट (फिमेल) अवार्ड जमुना पुनले, बेस्ट फेशन मोडल (मेल)को अवार्ड रणधीर शाहले, पिजेन्ट डिरेक्टर (मेल) अवार्ड निशुकान्त झाले, पिजेन्ट डिरेक्टर (फिमेल) अवार्ड प्रतिमा कार्कीले र इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर अवार्ड रिबन इन्टरटेनेमन्टले हासिल गरे । नेपाली गीत संगीत तथा पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै पत्रकार कुवेर गिरी, पत्रकार तथा चलचित्र निर्माता कमला जोशी, गीतकार कमल सरगम चौलागाई, गीतकार सुरेन्द्र महर्जन (अमर), गायक नाम्जा भोटे, अभिनेता सागर घिमिङ, कोरियो ग्राफर अजय स्याङतान, गायक नारायण थापा, दीलिप केसी, गायिका सुनिता गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय निरौला, मोडल ज्ञानेन्द्र बहादुर खड्का सो कार्यक्रममा सम्मानित भए ।

    पूर्व उपराष्ट्रपति परमानन्द झा, कलाकार मोहन निरौला, निर्माता वितरक गोपाल कायस्थ, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले अवार्ड तथा सम्मान वितरण गरेका थिए । अवार्ड स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्धारा आयोजना गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - ११:४७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij