Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह


  • 3.6K
    Shares

    गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह
    images

    चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।

    विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो ।

    परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

    केही समय अघि उनीहरुले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - १५:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij