२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यसवरपर भारी वर्षाका कारण ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।
ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा दुईजनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।
रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको छ । रासस
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij