Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्र ‘लोरी’

कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्र ‘लोरी’


  • 3.8K
    Shares

    कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्र ‘लोरी’
    images

    निर्देशक अविनाश विक्रम शाहको निर्देशनमा बनेको फिल्म ‘लोरी’ले विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्स फिल्म फेस्टिभलमा स्पेसल मेन्सन पाएको छ। महोत्सवमा शाह निर्देशित लघु चलचित्र ‘लोरी’लाई स्पेसल मेन्सन दिइएको हो।

    ‘लोरी’ फिल्ममार्फत् नेपाली फिल्मले कान्समा पहिलो पटक औपचारिक रुपमा भाग लिएको थियो। जसअन्तर्गत महोत्सवमा लघु चलचित्रको मुख्य अवार्डमा फिल्मले स्पेसल मेन्सन पाएको छ। यो विधामा चिनियाँ लघु चलचित्र ‘द वाटर मर्मस’ले अवार्ड जितेको छ।‘लोरी’ फिल्ममा एक १२ वर्षीया बालिकालाई आमाले शान्त बनाउन लोरी सुनाएको कथा प्रस्तुत गरिएको छ। लोरी समाप्त हुनु र छोरी होसमा आउँदाको डरलाग्दो वास्तविकतालाई फिल्ममा चित्रण गरिएको छ।

    कान्समा फिल्म छनोट भएसँगै ‘लोरी’को निर्माण पक्ष महोत्सवमै पुगेको थियो। स्पेसल मेन्सन पाउँदा निर्देशक शाहले कान्सको मञ्चमा पुगेका थिए। उनीसँगै फिल्मका छायांकार उज्वलकुमार वास्ताकोटीलगायतको निर्माण पक्ष पनि कान्समा पुगेको थियो। फिल्ममा अंकिता यादव, सुजिता शाह, प्रीति झा लगायतका कलाकारको अभिनय रहेको छ।

    कान्समा नेपाली अभिनेत्री सुरक्षा पन्तले पनि यसवर्ष रेड कार्पेटमा स्थान बनाएकी थिइन्।

    प्रकाशित मिति :जेठ १५ २०७९ आइतवार - १०:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij