२०८२ भाद्र २४ गते मंगलवार
राम बाबु गुरुङ निर्देशित सर्वाधिक चर्चित फिल्म श्रृङखला ‘कबड्डी’को चौथो भाग ‘कबड्डी ४ : द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ। फिल्म आज (शुक्रबार)बाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ। फिल्मलाई सैलेन्द्र डि कार्कीले खिचेका छन्। फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ। त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गरेका छन्।
सुष्मा गुरुङको लगानीमा बनेको यो फिल्मका कार्यकारी निर्माता अर्जुन कार्की हुन्। फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन्। प्रदर्शनको एक दिनअघि बिहीबार प्रिमियर गरिएको फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij