२०८२ भाद्र २३ गते सोमवार
कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो ।
कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताए । उनले कबड्डी एकदेखि ४ सम्म आईपुग्दा काजीको जीवन कसरी चलिरहेको छ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताए । उनले कबड्डी ४ विशेष हुने पनि बताए ।
त्यस्तै, नायक सौगात मल्लले कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ भन्ने नै मुख्य भाग रहेको बताए । नवनायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताए ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij