Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिमकोटमा आउँदो फागुनदेखि फुटबल प्रशिक्षण

सिमकोटमा आउँदो फागुनदेखि फुटबल प्रशिक्षण


  • 8.9K
    Shares

    सिमकोटमा आउँदो फागुनदेखि फुटबल प्रशिक्षण

    हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ ।

    जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धि बहादुर रोकायाले जानकारी दिनुभयो । 

    जिल्लाका आठ देखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई सशुल्क रुपमा फुटबल प्रशिक्षण शुरु गर्न लागिएको सचिव रोकायाले जानकारी दिनुभयो ।

    खेलका लागि टिम दर्ता गराएका महिला तथा पुरुषलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने, राम्रो खेलाडीलाई विभिन्न राष्ट्रियस्तरका क्लबमा आबद्ध गर्न पहल गरिने र विभिन्न ठाउँमा हुने प्रतियोगितामा आफ्नो जिल्लाको प्रतिनिधित्व गराउने लक्ष्यका साथ प्रशिक्षण शुरु गर्न लागिएको उहाँको भनाइ छ । रासस

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १२:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij