Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच दोहोरी भिडन्त

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच दोहोरी भिडन्त


  • 4.0K
    Shares

    राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच दोहोरी भिडन्त
    images

    ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । 

    राजधानी र मोफसलबाट ६१ वटा टोलीले प्रतियोगितामा भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले राष्ट्रिय रिनङ सिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए । यस्तै द्वितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी,पदक, प्रमाणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी गराए । उनकाअनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने अध्यक्ष बिजीले बताए । यस पटकको दोहोरी गीत प्रतियोगिता भव्य र सभ्य हुने पनि उनले बताए । 

    बुधवारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए । यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतहरूले पनि दर्शक नचायो । कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए । 

    प्रतियोगितामा बिहीबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म चल्नेछ । 

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - ११:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij