Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दशरथ रंगशालामा हुँने सलमान खानको कार्यक्रममा ३० हजार दर्शक, टिकटको मूल्य ५-२५ हजारसम्म

दशरथ रंगशालामा हुँने सलमान खानको कार्यक्रममा ३० हजार दर्शक, टिकटको मूल्य ५-२५ हजारसम्म


  • 3.3K
    Shares

    दशरथ रंगशालामा हुँने सलमान खानको कार्यक्रममा ३० हजार दर्शक, टिकटको मूल्य  ५-२५ हजारसम्म
    images

    आगामी जेठ १४ गते दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानको उपस्थितिमा कार्यक्रम हुँने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ ।

    त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ । यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

    कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ ।

    कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने बताइएको छ । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् ।

    टिकट स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिने छ। कार्यक्रममा सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ ।

    प्रकाशित मिति :चैत्र १० २०७८ बिहिवार - १२:३५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij