Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त


  • 8.2K
    Shares

    ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ ।

    उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो ।

    हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गर्नु भएको हो । 

    राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ । 

    उहाँले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आउनु भएको छ ।  उहाँले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिनु भएको छ । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् । 

    राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् ।

    बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक हुनुहुन्थ्यो । उहाँको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।

    निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उहाँप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आउनु भएको थियो । उहाँले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गर्नुभएको थियो ।  राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गर्नु भएको थियो । रासस

     

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १७:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij