२०८२ भाद्र २३ गते सोमवार
हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।
उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘टु पिस’ लगाएर पोज दिएका तस्बिर सेयर गरेकी हुन्।
पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा गराएका हुन्। किनै भद्दा प्रतिक्रिया पनि आइरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij