Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘कब्बड्डी ४ : द फाइनल म्याच’को गीत ‘केशरी’ सार्वजनिक

‘कब्बड्डी ४ : द फाइनल म्याच’को गीत ‘केशरी’ सार्वजनिक


  • 4.1K
    Shares

    ‘कब्बड्डी ४ : द फाइनल म्याच’को गीत ‘केशरी’ सार्वजनिक
    images

    काठमाडौं ।  रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कब्बड्डी ४ : द फाइनल म्याच’को गीत ‘केशरी’ सार्वजनिक भएको छ। सोमबार उक्त फिल्मको गीत सार्वजनिक भएको हो। 

    गीतमा स्वर तथा संगीत एसडी योगीले गरेका छन्। त्यस्तै, शब्द राम अविरल विष्टको रएको छ। रिकेश गुरुङ ‘किज’ले एरेन्ज गरेको गीतमा फिल्मका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरलाई देख्न सकिन्छ। गीतको भिडियोमा अभिनेता मल्लले मिरुनालाई फकाइरहेको देख्न सकिन्छ। 

    आगामी वर्षको जेठ १३ गते प्रदर्शनमा आउने फिल्म ‘कब्बड्डी ४: द फाइनल म्याच’को यो शिर्ष गीत हो। गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अभिनेता दयाहाङ राइ, सौगात मल्ल र अभिनेत्री मिरुना मगरसँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनि नेपाल, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ। फिल्मको लेखन भने निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन्। 

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १४:१७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij