२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । चौधौं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि सुरक्षित गरेकी हुन् ।
‘मिस तामाङ २०२२’ रञ्जनालाई ‘मिस तामाङ २०२१’की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । रञ्जनाले उपाधिसँगै एक लाख नगद पाएकी छन् ।
एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजनामा भएको प्रतियोगितामा काभ्रेकी पुजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij