Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पल र अकाशसँग नाम जोडिने गरेकी अभिनेत्री पूजा शर्माले खुलाइन् आफ्नो प्रेमीसँगको तस्बीर

पल र अकाशसँग नाम जोडिने गरेकी अभिनेत्री पूजा शर्माले खुलाइन् आफ्नो प्रेमीसँगको तस्बीर


  • 4.9K
    Shares

    पल र अकाशसँग नाम जोडिने गरेकी अभिनेत्री पूजा शर्माले खुलाइन् आफ्नो प्रेमीसँगको तस्बीर
    images

    काठमाडौं । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक संजाल फेशबुकमा आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

    फेशबुकमा प्रेमीसँगको तस्बीर राख्दै भनेकी छन् – ‘यू आर द वान लभ’ उनको प्रेमी युद्ध बानियासँग रहेको खुलेको छ । जो एक व्यवसायी हुन् ।

    पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेपनि औपचारिक रुपमा भने बाहिर आएको थिएन । यद्यपि पूजाले पछिल्लो समय घरमा बिहेको कुरा चल्दै आएको भन्दै युद्धसँगको सम्बन्धबारे खुलाउने गरेकी थिइन् ।

    पूजाले चलचित्र क्षेत्रकै पल र आकाश जस्ता कलकारहरुसँग नाम जोडिदै आएकोमा भने उनीहरु काम गर्दाका साथीहरु मात्रै भन्ने स्पष्टिकरण दिँदै आएकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १०:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij