Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

टिकटक हिट तिमी बिना बाँच्दिन म भन्ने तिमी करोड क्लबमा !

टिकटक हिट तिमी बिना बाँच्दिन म भन्ने तिमी करोड क्लबमा !


  • 4.0K
    Shares

    टिकटक हिट तिमी बिना बाँच्दिन म भन्ने तिमी करोड क्लबमा !
    images

    काठमाडौं । एकताका टिकटक लगायत सबैतिर हिट हुन र सबैको मुखमा झुन्डिन सफल गीत तिमी बिना बाँच्दिन म भन्ने तिमी ले करोड क्लबमा आफ्नो स्थान बनाउन सफल भएको छ । मेलिना राईको स्वर तथा राज कुमारको शव्द र संगीतमा तयार भएको गीतको भिडियोलाई एक्का कम्पनीे युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    आजकल ठुला ठुला कलाकारलाई महँगो पारिश्रमिक दिएर , महँगो भिडियो बनाएर, पत्रकार सम्मेलन गरेर , लाँखौको बुस्ट गरेर गीत सार्वजनिक गरिने समयमा गीतले बिना अफिसियल म्युजिक भिडियो , बिना स्टार कलाकार , बिना बुस्ट तथा बिना महँगो खर्चमा ट्रेन्डिङको बाटो हँुदै युट्युबमा करोड भ्युज पाउन सफल भएको हो ।

    गायिका मेलिना राई र संगीतकार राज कुमारको सहकार्यले यसअघि पनि म भन्दा नि जस्तो सफल गीत दिईसकेको छ । तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतलाई त्यहि गीतको निरन्तरताको रुपमा पनि हेरिएको छ । अहिले सुन्ने भन्दा हेर्ने जमाना हो भन्ने जमातलाई पनि गीत हिट हुन अडियो नै बलियो हुनपर्छ भन्ने कुर्रालाई थप प्रमाणित गरेको छ प्रस्तुत गीतले ।

    यसअघिको म भन्दा नि गीतले पनि बिना अफिसियल भिडियो र बिना बुस्ट युट्युबमा करोड भ्युज पाउन सफल भएको थियो ।दर्शक श्रोताको यो किसिमको माया र सफलताले भिडियो भन्दा बढी अडियोलाई जोड दिएर थप गीतहरु ल्याउने बताउँछन् गीतकार तथा संगीतकार राज कुमार ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १२:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij