Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

समिक्षा र सुभाषसँगको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक

समिक्षा र सुभाषसँगको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक


  • 4.8K
    Shares

    समिक्षा र सुभाषसँगको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक
    images

    काठमाडौँ । ‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।

    बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ ।

    चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा गौरव गिरीले निर्देशन गरेका हुन् । भिडियोमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १३:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij