Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एफए कपको चौथो चरणमा म्यानचेस्टर र लिभरपुल भिड्दै

एफए कपको चौथो चरणमा म्यानचेस्टर र लिभरपुल भिड्दै


  • 7.3K
    Shares

    एफए कपको चौथो चरणमा म्यानचेस्टर र लिभरपुल भिड्दै

    काठमाडौं । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलवार खेल तालिका सार्वजनिक गरेको हो ।

    एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन् । आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ ।

    यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ । लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ ।

    ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ । एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

     

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - ११:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij