२०८२ भाद्र २२ गते आइतवार
नाबालिग गायिकालाई बलात्कार गरेको अभियाेगमा जिल्ला प्रहरी कार्यालय (तनहुँ) को हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापा फेरि बोलेका छन्।
पलले आफ्ना साथी दुर्गेशलगायतले षडयन्त्र गरी आफूलाई फसाएको आरोप लगाइरहेका बेला दुर्गेशनले घटनाबारे लामो बयान सार्वजनिक गरेका हुन्।
‘नाबालिकाले पलको शोषणबाट उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकारभित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर मलगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पीडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्’, दुर्गेशले फेसबुकमा लेखेका छन्, ‘मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ।’
दुर्गेशकाे स्टाटस यस्ताे छ:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij