Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

आजदेखि गुरुकुल नाटकघरमा  ‘तारा बाजी लै लै’ नाटक मञ्चन हुँदै

आजदेखि गुरुकुल नाटकघरमा  ‘तारा बाजी लै लै’ नाटक मञ्चन हुँदै


  • 6.0K
    Shares

    आजदेखि  गुरुकुल नाटकघरमा  ‘तारा बाजी लै लै’ नाटक मञ्चन हुँदै

    काठमाडौं । गुरुकुल नाटकघरमा आजदेखि ‘तारा बाजी लै लै...’ नाटक मञ्चन हुँदैछ । नर्बेजियन रंगकर्मी मोर्टन क्रोगको निर्देशनमा तयार भएको नाटक विद्यार्थी जीवनमा केन्द्रित रहेको रंगकर्मी निशा शर्मा बताउँछिन् । 

    “यो स्कुल सुरु हुँदादेखि अर्थात नर्सरीमा भर्ना भएदेखि स्कुल अन्तिम समय कक्षा १० सम्मको यात्रा हो । जहाँ विद्यार्थीहरूले स्कुलको दिनदेखि अन्तिम दिनसम्म गरिने बदमासीदेखि रमाइला पलहरू नाटकमा हेर्न सकिन्छ,” रंगकर्मी शर्माले बताइन् ।

    यस नाटकका निर्देशक क्रोगको दुई वर्षअघि मात्रै निधन भएको थियो । यसकारण योपटक यो नाटकको निर्देशनको समन्वय रंगकर्मी सुनिल पोखरेलले गरेका हुन् ।  बाँकी पहिलाको भिडियो हेरेर पनि रंगकर्मीहरूले रिहर्सल गरेको शर्माले बताइन् । 

    नाटकमा १८ जना कलाकारहरू छन् । म्युजिक पनि केही फेरबदल गरेर उत्सव बुढाथोकीको समन्वयमा तयार पारिएको हो । 

    थापागाउँमा अवस्थित कुञ्ज नाटक घरमा चैत १३ गतेसम्म नाटक मञ्चन हुनेछ । सोमबारबाहेक हरेक दिन ५ः३० बजे नाटक मञ्चन हुने छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १५:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij