Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘म यस्तो गीत गाउँछु २’ आजदेखि देशभरका हलमा लाग्दै

‘म यस्तो गीत गाउँछु २’ आजदेखि देशभरका हलमा लाग्दै


  • 4.6K
    Shares

    ‘म यस्तो गीत गाउँछु २’ आजदेखि देशभरका हलमा लाग्दै
    images

    कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नेपाली चलचित्र आज (शुक्रबार)देखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।

    चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।

    नेपाली चलचित्रकर्मीहरूले भने यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - ११:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij