Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर सार्वजनिक

अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर सार्वजनिक


  • 4.6K
    Shares

    अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर सार्वजनिक
    images

    अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर रिलिज भएको छ । अक्षयले समाजिक संजाल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । एक्सन कमेडी बिषयमा बनेको फिल्म फरहान सामजीले निर्देशन गरेका हुन् ।

    फिल्ममा अक्षयको अलवा ज्याकलिन फर्नाडिस र कृति सेननको मुख्य भूमिका छ । फिल्ममा अक्षयले ‘ग्याङस्टार ‘बच्चन पाण्डे’को भूमिका निर्वाह गरेका छन् । ३ मिनेट ४२ सेकेन्डको ट्रेलरमा कमेडी र एक्सन थुप्रै समेटिएका छन् ।

    यसमा देखाइएको अक्षयको लुक्स निकै आकर्षक छ । ट्रेलर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने फ्यानले निकै रुचाएका छन् । ट्रेलरमा प्रतिक बब्बर, सञ्जय मिश्रा, पंकज त्रिपाठी जस्ता कलाकार समेत देखिएका छन् । ज्याकलीनले फिल्ममा बच्चन पाण्डेकी प्रेमिका ‘सोफी’को भूमिका निर्वाह गरेकी छन् ।

    साजित नाडियाडवालाले निर्माण गरेको फिल्ममा अक्षय, ज्याकलिन, कृति, अरशद वारसी, पंकज, प्रतिकको अवा अभिमन्यु सिंहको समेत मुख्य भूमिका छ । फिल्म १८ मार्चमा रिलिज हुँदैछ । ‘बच्चन पाण्डे’ तमिल फिल्म ‘जिगारठन्डा’ को रिमेक हो ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १६:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij