२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । गायक निशान भट्टराईको आवाजमा गीत ‘कहानी एकादेशको’ सार्वजनिक भएको छ ।
दीपक सापकोटा ‘भान्जा’को शब्द तथा संगीत रहेको गीतलाई शुष्मा विश्वकर्मा र सरला बिसीले कोरस दिएका छन् । गीतमा कौशल सिंहले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा अन्तरजातीय प्रेमसम्बन्धबारे कथा भनिएको छ । दीपक आचार्यले निर्देशन गरेका भिडियोमा कलाकार सागर लम्साल र सुप्रिया खनाल फिचर्ड छन् ।
त्यसैगरी दीपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, सालिकराम भण्डारी, अर्जुन तिमल्सिना र अयुभ वास्तोला लगायतको अभिनय देख्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij