२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४१.२४ अंकले बढेको छ । २२०१.३८ बाट सुरु भएको बजार बढेर २२३५।७२ अंकमा पुगेर रोकिएको हो ।
आइतबार सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले उकालो लागेर ४२८.४३ मा पुगेको छ। आज २०७ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जीवन बिमा कम्पनी बाहेक सबै समूहमा हरियाली छाएको छ । जीवन बिमा समूह भने १७.१६ अंकले घटेको छ ।
आइतबार प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । त्यस्तै निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij