Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फिलिपिन्सविरुद्ध खेलमा कुशल भुर्तेलले जोडे १०० रन

फिलिपिन्सविरुद्ध खेलमा कुशल भुर्तेलले जोडे १०० रन


  • 3.8K
    Shares

    फिलिपिन्सविरुद्ध खेलमा कुशल भुर्तेलले जोडे १०० रन
    images

    कुशल भुर्तेलले जारी टी-२० विश्वकपको ग्लोबल छनोटमा सानदान शतक प्रहार गरेका छन्।

    योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। उन्नाइसौं ओभरको तेस्रो बलमा एक रन लिदैँ कुशलले शतक पूरा गरेका हुन्। उनले ५७ बलमा शतक पूरा गरेका थिए।

    उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्। पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेलेका थिए।

    यस्तै ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए।

    यसअघि यसै खेलमा उनी यसै खेलमार्फत नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए।

    प्रकाशित मिति :फाल्गुण ७ २०७८ शनिवार - १४:३४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij