Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फिल्म ‘लाइफ इन एलए’–२०७९ वैशाखमा रिलिज हुने

फिल्म ‘लाइफ इन एलए’–२०७९ वैशाखमा रिलिज हुने


  • 6.9K
    Shares

    फिल्म ‘लाइफ इन एलए’–२०७९ वैशाखमा रिलिज हुने
    images

    अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’–२०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो ।

    फिल्ममा ब्यास विषु विस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।

    सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास विष्णु र राजेन्द्र ठकुराथि निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् ।

    ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत तथा प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसियट निर्देशन तथा प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन छ ।

    भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १६:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij