२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं। बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।
सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मालगायतका कलाकार नेपाल आउने निधो भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
सलमान २०७४ मै नेपाल आउने कार्यक्रम थियो। उक्त वर्ष फागुन २६ गते काठमाडौंमा सलमानसँगै भारतीय कलाकारहरुलाई लिएर दबंग रिलोडेड नामक कार्यक्रम आयोजना हुने घोषणा भएको थियो। तर, कार्यक्रमलाई लिएर विवाद भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो।
पाँच वर्षपछि फेरि सलमान नेपाल आउने पक्का भएको छ। सलमान वैशाखमा दशरथ रंगशालामा हुने कार्यक्रममा उपस्थित हुनका लागि नेपाल आउन लागेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij