Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन खाेल्ने प्रक्रिया अघि बढाउन आयोगलाई मन्त्रीले दिए यस्तो निर्देशन

शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन खाेल्ने प्रक्रिया अघि बढाउन आयोगलाई मन्त्रीले दिए यस्तो निर्देशन


  • 6.5K
    Shares

    शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन खाेल्ने प्रक्रिया अघि बढाउन आयोगलाई मन्त्रीले दिए यस्तो निर्देशन
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवा, अध्यापन अनुमतिपत्रको विज्ञापन खाेल्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

    शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडी बढाउन विलम्ब गर्न नहुने भन्दै मन्त्री पाैडेलले कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने तर्फ जोड दिएका हुन् । उनले एक्सनपछि रियाक्सनहुने भन्दै शिक्षकहरुको उमेर हदको विषयलाई वार्ता मार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताएका छन् । शिक्षकहरुको माग राज्यले पुरा गर्दै गइरहेको सन्दर्भमा शिक्षकले पनि कर्तव्य निर्वाहमा कुनै कसर बाँकी राख्न नहुँने उनकाे भनाइ छ ।

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - १६:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij