Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेप्सेमा झिनो अंकको वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार


  • 547
    Shares

    • images
    नेप्सेमा झिनो अंकको वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४ को विन्दुमा कायम भएको छ । 

    १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढेको भने लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटेको छ ।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।  

    1share.JPG

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १५:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij