Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला

समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला


  • 561
    Shares

    • images
    समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला

    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ। 

    आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

    आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताएका छन् । ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने उनले बताएका छन् ।  

    निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।   

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १५:३८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij