Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

झापाकी कृपा बनिन् ‘सारेगमप लिटल च्याम्प’, जितिन् १६ लाख

झापाकी कृपा बनिन् ‘सारेगमप लिटल च्याम्प’, जितिन् १६ लाख


  • 4.6K
    Shares

    झापाकी कृपा बनिन् ‘सारेगमप लिटल च्याम्प’, जितिन् १६ लाख
    images

    सारेगमप लिटल च्याम्प नेपालको पहिलो संस्करणको उपाधि झापाकी कृपा पौडेलले जितेकी छन्। अन्तिम पाँच प्रतियोगीलाई उछिन्दै कृपाले प्रतियोगीताको उपाधि प्राप्त गरेकी हुन्। उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन्। 

    ‘शो’को फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलो र दोस्रो रनरअपले क्रमश सिद्दार्थ वैकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् । 

    नोवर्डी प्रोडक्सनले भारतको जी गु्रपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको रियालिटी शोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जितेका छन् । 

    कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ।

    कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा वढी प्रतिस्पर्धीले सहभागी भएका थिए। सहभागी मध्ये मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए।

    कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र इन्दिरा जोशी थिए।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - ११:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij