Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य

एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य


  • 3.7K
    Shares

    एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य
    images

    मुम्बई(दैनिक भास्कर)। बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदैछन् । यो फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लोपटक ११ वर्ष अघि फिल्म ‘नो प्रोब्लम’मा देखिएका थिए ।

    सञ्जय र सुनीलको अभिनय रहने फिल्ममा ‘यमला पगला दिवाना’ निर्देशक समीर कार्णिकको निर्देशन रहनेछ । फिल्ममा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको पनि अभिनय रहनेछ । फिल्मको छायांकन उत्तर भारतमा गरिनेछ ।

    समाचारअनुसार फिल्ममा सञ्जय कलाकारसँगै निर्माता पनि रहनेछन् । हाल फिल्मको प्री–प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा फिल्म फ्लोरमा जानेछ । फिल्म पञ्जाबमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।

    सञ्जय र सुनील ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शूटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता फिल्ममा देखिइसकेका छन् । सञ्जय फिल्म ‘पृथ्वीराज’, ‘केजीएफ २’ जस्ता फिल्ममा देखिँदैछन् । सुनील अघिल्लो वर्ष फिल्म ‘मुम्बई सागा’मा देखिएका थिए । उनी सन् २०२२ मा तमिल हिन्दी फिल्म ‘घनी’मा देखिँदैछन् ।

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १६:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij