Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

परदेशिन बाध्य नेपालीको पीडा बोल्ने  'तिम्रो याद आयो' सार्वजनिक  ( भिडियो )

परदेशिन बाध्य नेपालीको पीडा बोल्ने  'तिम्रो याद आयो' सार्वजनिक  ( भिडियो )


  • 3.7K
    Shares

    परदेशिन बाध्य नेपालीको पीडा बोल्ने  'तिम्रो याद आयो' सार्वजनिक  ( भिडियो )
    images
    काठमाडौं । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशी जो आफन्त र प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरूप्रति समर्पित गर्दै अमेरिकामा रहेका गीतकार गोपाल लोहारले 'तिम्रो याद आयो' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

    यस गीतमा सविन सुवेदीको सुमधुर स्वर सुन्न सकिन्छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। परदेशीको  पिडा र मनोभावनालाई  प्रस्तुत गरिएको मार्मिक तरिकाले प्रस्तुत गरिएको भिडियोमा  विजय बराल, प्रमिला खनाल र माया पौडेलको जिवन्त अभिनय देख्न सकिन्छ।

    श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।  गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको  हो। 
     
     
     

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:०१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij