Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु

ट्रक दुर्घटना हुँदा एकको मृत्यु


  • 6.3K
    Shares

    • images
    ट्रक दुर्घटना हुँदा एकको मृत्यु
    images

    इलामको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राईको ना ३ ख २०५ ट्रक दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    पाँचथरको रविबाट काठको गोलिया बोकेर झापाको दमकतर्फ जाँदै गर्दा ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनापछि ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १०:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij