२०८२ भाद्र २२ गते आइतवार
बलिउड अभिनेत्री मौनी रायले विवाह गरेकी छिन्। समाचारअनुसार उनले दुबई निवासी सुरज नान्बियारसँग विवाह गरेकी हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कासँग प्रेममा थिए ।
उनीहरूले जनवरी २६ मा लगनगाँठो कसेका हुन् । उनका विहेका तस्विरहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् तर, उनले भने आफ्नो अकाउन्टबाट सार्वजनिक गरेकी छैनन् । उनको विवाहमा करण जोहर, अर्जुन बिजलानी, मन्दिरा बेदीलगायतका कालाकारहरूको उपस्थिति रहेको थियो ।
अभिनेत्री राय छिट्टै फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदै छिन्। यो फिल्ममा उनीसँगै आलिया भट्ट, रणवीर कपुर, अमिताभ बच्चनको समेत मुख्य भूमिका छ। उनी अभिनीत पहिलो टेलिफिल्म ‘क्यों कि सास भी कभी बहु थी’ थियो।
मोनी रोय टेलिभिजन क्षेत्रकी चर्चित नायिकाको रुपमा चिनिन्छिन्। अहिले उनी टेलिभिजनमा मात्र सिमित नभई बलिउडमा पनि छाउन थालिसकेकी छिन्।
सीरियल ‘नागिन’ बाट मोनीले धेरैनै चर्चा बटुल्न सफल भइन्। साथै उनको बलिउड डेब्यु पनि सुखदनै रह्यो। फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गरेकी मोनीले यस चलचित्रमा गरेको अभिनयको कारण चर्चाको विषय पनि बनिन्।
सानो पर्दामा बोल्ड अभिनेत्रीको छबि बनाउन सफल मोनी सामाजिक संजालमा पनि धेरै सक्रिय छिन्। र्याम्पमा पनि उत्तिकै छाएकी मोनी कहिले काहीं सामाजिक संजालमा ट्रोलको विषय पनि बन्ने गरेकी छिन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij