Logo

२०७८ माघ १५ गते शनिवार

images

आजबाट हलमा चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा

आजबाट हलमा चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 715
    SHARES
  • images
    images
    आजबाट हलमा  चलचित्र ‘चपली हाइट ३’  प्रदर्शनमा
    images
    images

    काठमाडौं । चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनले कोरोना महामारीका कारण ठप्प बन्न थालेको चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि जोखिम मोलेको बताएका छन् ।

    निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा तयार पारिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

    निर्माता अर्जुन कुमारले हल सबैभन्दा सुरक्षित स्थान भएकाले ढुक्क भएर चलचित्र हेर्न दर्शकसँग अनुरोध गरेका छन् । चलचित्र रिलिजका क्रममा आफूले दिएका विभिन्न बयानले कसैको मन दुखेको खण्डमा माफी समेत माग्दै अर्जुनले कलाकार र प्राविधिकले चलचित्रका लागि ठूलो साथ दिएको बताएका छन् ।

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १२:५१:३२ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार