Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सुपरस्टार यशको मुख्य भूमिका रहेको ‘केजीएफ २’ अप्रिल १४ बाट पछि नसर्ने

सुपरस्टार यशको मुख्य भूमिका रहेको ‘केजीएफ २’ अप्रिल १४ बाट पछि नसर्ने


  • 4.6K
    Shares

    सुपरस्टार यशको मुख्य भूमिका रहेको ‘केजीएफ २’ अप्रिल १४ बाट पछि नसर्ने

    काठमाडौं । साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् ।

    अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भइरहेका बेला ‘केजीएफ २’को रिलिज भने अप्रिल १४ मै हुने निर्माणपक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको नयाँ पोष्टरमा अप्रिल १४ लाई नै प्रदर्शन मिति उल्लेख गरिएको छ ।

    भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ५० हजार पुगिसकेको छ । यस्तो अवस्थामा अधिकांश बलिउड र साउथ चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको छ ।

    ‘केजीएफ’ले बक्स अफिसमा धुम मच्चाएपछि यो चलचित्रको प्रतीक्षा विश्वभरका दर्शकहरुले गरिरहेका छन् ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १४:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij