Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भलिबलमा प्रतिभावान् २४ खेलाडी छनोट

भलिबलमा प्रतिभावान् २४ खेलाडी छनोट


  • 7.7K
    Shares

    भलिबलमा प्रतिभावान् २४ खेलाडी छनोट

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावान् खेलाडी घोषणा कार्यक्रमअन्तर्गत भलिबलमा २४ खेलाडी छनोट गरेको छ ।

    तिनमा १२ पुरुष र १२ महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् । प्रतिभा र उचाइका आधारमा ५२ खेलाडीमध्येबाट २४ जना छनोट गरिएको भट्टले जानकारी दिए ।

    राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रूपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरूप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले भलिबलमा देशका लागि योगदान गर्न सक्ने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

    सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिनेछन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १०:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij