Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एमाले जिल्ला कमिटी आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा लोकगायक राजु परियारलाई सम्मान

एमाले जिल्ला कमिटी आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा लोकगायक राजु परियारलाई सम्मान


  • 6.4K
    Shares

    एमाले जिल्ला कमिटी आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा  लोकगायक राजु परियारलाई सम्मान

    लमजुङ । लोकगायक राजु परियार सम्मानित भएका छन् ।

    गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

    एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्।

    लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई स्थानीय लोक भाका, गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेदलगायतलाई लोकगीतका माध्यमबाट उजागर गरेको भन्दै सम्मान गरिएको हो ।

    २०३७ सालमा जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले हालसम्म १३ हजारभन्दा बढी गीतमा स्वर भरेका छन्।

    गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् ।

     

    प्रकाशित मिति :पौष २४ २०७८ शनिवार - १२:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij