Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पुस्पा फिल्मको नयाँ ‘आइटम सङ’ किन भयो यस्तो विवादमा ?

पुस्पा फिल्मको नयाँ ‘आइटम सङ’ किन भयो यस्तो विवादमा ?


  • 4.6K
    Shares

    पुस्पा फिल्मको नयाँ ‘आइटम सङ’ किन भयो यस्तो विवादमा ?
    images

    बीबीसी । साउदर्न तेल्गु फिल्म उद्योगले डिसेम्बरमा सार्वजानिक गरेको एउटा नयाँ ‘आइटम नम्बर’ गीत यतिबेला ठूलो विवादमा परेको छ । पुरुषहरुले महिलालाई हेर्ने दृष्टिबारे टिप्पणी गरिएको उक्त गीत पाँचवटा भाषामा रेकर्ड गरिएको छ । 

    गीतको लिरिक्समा ‘कुनैपनि स्त्री जवान होस् या बूढी होस्, अग्ली होस् या होची होस्, सारी लगाएको होस् या गाउन लगाएको होस्, पुरुषको गिद्धे आँखाबाट बच्न सक्दैनन् ’ भनिएको छ । गीतको यही बोलसँग महिलाहरु खुसी छैनन् । यसरी यो केबल साधारण मनोरञ्जनको विषय नभएर आपत्तिजनक कुरा भएको बताइएको छ । यति मात्र नभइ गीतमा महिलालाई ‘अपरिहार्य साइरेन’ जसप्रति पुरुषहरु बेकाबू यौन पिपासु समान पछि लाग्ने गरेको समेत तर्क गरिएको छ ।

    आलोचकहरुले यस्ता आइटम गीतमा जहिले पनि महिलाहरुलाई हिरोप्रति बिना कारण मरिहत्ते गरेको र उनीहरुको शरीरका विभिन्न भागलाई क्यामराले भड्कीलो तरिकामा नजिकबाट असहज रुपमा देखाउने गरेको गुनासो गरेका छन् ।  

    ‘सेक्सिस्ट’ तर सफल

    न्युजि मिनेटकी सौम्य राजेन्द्रन भन्छिन्, “मैले यसका विभिन्न लिरिक्सहरुको जाँच गरेँ । र प्रत्येक गीतको एउटा लाइनमा महिलालाई खानेकुरासँग तुलना गरिएको छ । जस्तै तामिलमा खानापछि खाइने गुलियो डेजर्ट, तेल्गुमा अंगुर, मल्यानममा चिनी भनेर महिलालाई दाँजिएको छ । र महिलाहरुलाई सेवन गर्न मिल्ने वस्तु जस्तो बनाएर पुरुषहरुको गिद्धे नजरलाई उचित तुल्याउन खोजिएको छ । ”

    तरपनि भारतमा सिनेमा हेर्नमा महिला भन्दा पुरुषको बाहुल्यता रहेको हुँदा अधिकांशले त्यस्तो प्रस्तुती, त्यस्तो गीत मन पराउँछन् । र पुस्पामा पनि उक्त गीतमा अभिनय गरेकी साउथकी स्टार समान्था रुथ प्रभुको अधिक प्रशंसा गरिएको छ । उनी फिल्ममा नभएपनि राम्रो अभिनयका लागि प्रख्यात कलाकार भएको हुँदा त्यस स्वरुपमा नृत्य गर्नुले सबैलाई चकित पारिदिएको छ ।

    फिल्म रिलिज भइसकेको भएपनि गीतको वाास्तविक भिडियो अझै सार्वजानिक हुनै बाँकी छ । तरपनि ट्रयाकले युट्युबमा तेल्गु भाषामा मात्र १० करोड भन्दा बढी भ्यु पाइसकेको छ । हिन्दीमा ‘आइटम’  भनेको एउटा स्ल्याङ शब्द हो जसलाई ‘सेक्सी महिला’ भन्ने अर्थ लगाइन्छ । तर यो शब्द खुलेआम ‘सेक्सिस्ट’ र अश्लील किसिमको भएर पनि आइटम सङको फर्मुलाले बलिउड देखि साउथसम्म सबैतिर लामो समयदेखि सफलता पाइरहेको छ ।

    राजेन्द्रन भन्छिन्, “प्रायः आइटम गीतहरुमा महिलाहरुलाई दृश्य र लिरिक्स दुवै हिसाबमा केबल ‘मासुको टुक्रा’ जस्तो मात्र व्यवहार गरेको देखाइन्छ । ” उनका अनुसार महिलालाई सबैभन्दा आपत्तीजनक रुपमा प्रस्तुत गरिएको गीत हो ‘फेभिकल’ । यसमा बलिउड स्टार करिना कपूरले प्रस्तुती दिएकी छन् । यसको लिरिक्समै महिलाहरु ‘मदिराले धुने तन्दुरी चिकेन’ भएको उल्लेख गरिएको छ ।

    उनले थप भनेकी छन्, “प्रायः सबै फिल्ममा यस्ता गीतमा प्रस्तुती दिने महिलाबारे केही पृष्ठभूमी देखाइँदैन । उनीहरु केबल आउँछन् नाच्छन् अनि हराउँछन् । ” यसअघि पनि आइटम गीतले महिलाहरुलाई केबल अश्लील वस्तु जस्तो प्रस्तुत गरिएकामा आलोचित भइसकेको छ । यसमा प्रस्तुती दिने कलाकारले लगाउने पहिरन, भड्कीलो नृत्य, अश्लील लिरिक्स, खराब क्यामरा एंगल सबै आपत्तिजनक मानिएको छ । तरपनि भारतभर यसको लोकप्रियता कसैले नकार्न सक्दैन ।

    कथामा आवश्यक नभएपनि फिल्मलाई हिट बनाउन यस्ता गीत राख्ने चलन बढ्दै मात्र गएको छ । र अहिले युट्युब, इन्स्टाग्रामको युगमा त्यस्ता गीत झन चर्चामा आउने गरेका छन् । १९९४ मा पत्रकार अरुन कटियारले ‘चोलीके पीछे क्या हे’ भन्ने गीतको आपत्तिजनक लिरिक्सबारे आलोचना गर्दा निकै ठूलो विवाद खडा भएको थियो । सो गीतले सर्वसाधारण मात्र नभएर राजनेताहरु समेत महिला उत्पीडनलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए । तरपनि यसलाई हिट हुनबाट कसैले रोक्न सकेन ।

    र त्यसै समयदेखि बिस्तारै आइटम गीतमा प्रस्तुती दिने अभिनेत्रीको कपडा छोटो र झन टाइट हुँदै गयो भने क्यामराले झन झन गलत तरिकामा क्लोज अप लिएर देखाउन थाल्यो । पछिल्लो समय आइटम गीतहरुमा ठूल्ठुला बलिउड स्टार, ऐश्रोर्यादेखि कट्रिना केफ र दिपीका पादुकोणले समेत प्रस्तुती दिने गरेका छन् । जति ठूलो अभिनेत्री गीत हिट हुने सम्भावना पनि त्यति नै बढ्दै जान थाल्यो । यसरी मुख्य अभिनेत्रीलाई आइटम गीतमा हेर्ने मानिसहरुको ‘फ्यान्टसी’ पूरा भइरहेको छ चाहे त्यसमा जतिसुकै आपत्तीजनक गीतको बोल होस् ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १२:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij